नेपाल डे परेड न्यूयोर्क २०२५: सेफ सोसाइटी अमेरिकाको भव्य सहभागिता र क्यालिफोर्नियाको विशेष योगदान

न्यूयोर्क। न्यूयोर्कमा आयोजित नेपाल डे परेड २०२५ मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाले भव्य सहभागिता जनाएको छ। सेफ सोसाइटीका अमेरिका संयोजक लक्ष्मण सापकोटाका अनुसार परेडमा सोसाइटीको उपस्थिति अत्यन्तै प्रभावकारी तथा गौरवमय रहेको थियो।

गैर-आवासीय नेपाली संघ (एनआरएनए), न्यूयोर्क शाखाको आयोजनामा प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाली समुदायको सांस्कृतिक एकता, मौलिकता र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यसहित परेडको आयोजना गरिएको हो। आयोजकका अनुसार यसपटकको परेड सबैको समावेशी सहभागिता, अनुशासन र सांस्कृतिक विविधताका कारण झनै प्रभावकारी र सफल रह्यो।

परेडमा नेपाली झाँकी, भेषभूषा, संस्कृति, नृत्य र परम्परागत प्रस्तुतिहरूको माध्यमबाट नेपाली समुदायको गौरवलाई उजागर गरिएको थियो।

कार्यक्रममा क्यालिफोर्नियाबाट विशेष सहभागीका रूपमा मुक्तिनाथ मन्दिरका संस्थापक अध्यक्ष तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पान्डे र युवा समाजसेवी, व्यवसायी तथा चलचित्र निर्माता प्रीन्श युबराज कार्कीको उल्लेखनीय उपस्थिति रहेको थियो। सापकोटाका अनुसार उनीहरूले कार्यक्रमको तयारीदेखि सम्पन्नतासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यसै क्रममा काभ्रे सेवा समाजका समाजसेवी उद्दब प्रसाद हुमागाईले मुक्तिनाथ धामको ब्यानर बोकेर न्यूयोर्कको परेडमा सहभागिता जनाउन पाउँदा आफूलाई अत्यन्तै भाग्यमानी महसुस भएको बताए।

समाजसेवी पाण्डे र कार्कीले स्वस्फूर्त रुपमा गरेको सहयोगप्रति न्यूयोर्कवासी नेपाली समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विगत ४० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका पाण्डेले मदरल्याण्ड नेपाल मार्फत नेपाल र अमेरिकामा सामाजिक कार्य गर्दै आएका छन्। साथै, उनले २०१२ मा स्यान फ्रान्सिस्कोमा नेपाल डे परेडको आयोजना गरिसकेका छन्। कार्की भने विगत एक दशकदेखि विभिन्न व्यवसायमा सक्रिय रहँदै आएका एक सफल युवा उद्यमी हुन्।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »