बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा

सिमकोट (हुम्ला) : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पु¥याएको छ । यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पु¥याएको हो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिँएका छन् । हिमताल भाँसिएपछि गाउँमा बाढीपहिरो आएको उहाँले बताउनुभयो । “हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो”, वडाध्यक्ष तामाङले भन्नुभयो । आइतबार नौ घण्टा हिँडेर उहाँको टोली ताल भासिएको ठाउँमा पुगेको थियो । “लेदो र पहिरो आउने क्रम रोकिएको छ । यहाँका बासिन्दा त्रसित छन्”, उहाँले भन्नुभयो ।

खोलाको दूषित पानी पिउँदै स्थानीय तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पीउन बाध्य छन् । खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताउनुभयो । “गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्”, उहाँले भन्नुभयो । त्रिपालमुनिको बास तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन् । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन् । “दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन् । हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनमा क्षति पु¥्याएको छ । जलविद्युत् आयोजनामा क्षति बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन् । मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन् । पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ । उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »