प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

वीरगञ्ज (पर्सा) : वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ । गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो । समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिनुभयो ।‘‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीहरुको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौं,’’ उहाँले भन्नुभयो, यो वर्षपनि पनि विगतका वर्षमा जस्तै भव्य र सभ्य ढंगले रथयात्रा गर्ने तयारीमा जुटेका छौं ।’’

समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउनको लागि विभिन्न नौ उपसमिति पनि गठन गरेको छ । धार्मिक समन्वय उपसमितिको संयोजक डा.पुरुषोत्तम दुवेले यसपटकको रथयात्रामा करिव ८० हजारभन्दा धेरै श्रद्धालु भक्तजनहरुको सहभागिता अपेक्षा गरिएको जानकारी दिनुभयो । ‘‘गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो’’ उहाँले भन्नुभयो,‘‘भारतको जगन्नाथ पुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौं । यसले यहाँको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं ।’’

असार १४ गते ५६ भोग र भण्डारा(प्रसाद) वितरण कार्यक्रम समेत राखिएको छ । मधेश प्रदेशमा नै प्रसिद्ध रथयात्रा भएकाले पनि रथयात्रामा साधुसन्त,महिलाहरुको उल्लेखनीय सहभागिता जनाउनेछन् । धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म,संस्कृति र संस्कार जोगाउन पनि रथयात्रा गर्दै आइरहेको दावी गर्नुभयो । ‘‘हाम्रो धर्म,संस्कृति र आस्था जोगाउनलाई जोगाउनको लागि पनि रथ यात्रा गर्न लागिएको हो,’’ उहाँले भन्नुभयो,‘‘ धर्म संस्कृति नयाँ पुस्ताका पिढीँलाई हस्तान्तरण गर्नका लागि आवश्यक भएकाले पनि गर्न लागेका हौं ।’

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »