मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड

काठमाडौं, २४ कात्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा.ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका छन् । 

सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड बनाएको हो । 

गत १२ असोजमा आफ्नो फेसबुक पेजबाट आफूले दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड कायम गरेको डा. ओममूर्ति अनिलले न्युज कारखानालाई जानकारी दिए । 

उनका अनुसार फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्डस् कायम गरेको हो । 

गत १२ असोज शुक्रबार साँझ ७ ः १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका उनले बताए । 

डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेको डा. अनिलले जानकारी दिए । 

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी उनले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

    
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ ।डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । 

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोस्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर विश्व रेकर्ड कायम गरेकाा थिए । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत मुटुरोगबारे फैलिएको भ्रम चिर्दै स्पष्ट पार्दै आएका उनले विश्व रेकर्ड कायम गरेका हुन् । 
 

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ

Read More »

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »