पर्यटन क्षेत्र सुधार्न विधेयक जरूरी पर्‍यो : मन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरूरी भएको बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको स्पष्ट पार्नुभयो । उक्त विधेयकमाथि सदस्य डा अञ्जान शाक्य, गङ्गाकुमारी बेल्वासे, किरणबाबु श्रेष्ठ, तारामान सुवार, सुरेशकुमार आलेमगर, गोपीबहादुर अछामी, तुलसाकुमारी दाहाललगायतले नेपाल प्राकृतिक हिसाबले सुन्दरता, पर्यटन क्षेत्रको दिगो विकास राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पाण्डेले उक्त विधेयकमाथिको छलफलपछि नेपालको प्राकृतिक र सांस्कृति दृष्टिकोणले निकै सम्भावनाका क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त प्रस्ताव समितिको सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सदस्यहरूले विधेयक शाखामा गएर संशोधन राख्न सकिने जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते बुधबार १ः१५ बजे बस्नेछ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »