नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो ।

आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आगामी शैक्षिकसत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरुप पाठ्यपुस्तक छपाइको तयारी गरिएको छ ।” पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्रकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति सङ्कटमा पर्नसक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उहाँको भनाइ छ । अङ्ग्रेजी भाषाको मोहका कारण स्थानीय भाषा सङ्कटमा परिरहेको अवस्थामा गाउँपालिकाले मातृभाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्नु प्रशंसनीय रहेको मैथिली साहित्य परिषद् सिरहाका संयोजक रामरिझन यादवले बताउनुभयो । अन्य स्थानीय तहले पनि आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र सम्वर्द्धनमा यस्तो कार्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »