समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक छ : पूर्वमन्त्री साह

काठमाडौँ : सुडी जातिको हकअधिकार र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र) का सचिव गणेश साहले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज सबल तथा समृद्ध हुन नसक्ने उल्लेख गर्दै समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको बताउनुभयो ।

उहाँले सामाजिक–सांस्कृतिक, राजनीतिक, नागरिक, आर्थिक, शैक्षिक विकास प्रक्रियामा यस समुदायको सहभागितालाई सुनिश्चित गरी उनीहरुलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर समाजको उन्नयनका लागि सुडी समाज काठमाडौँ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले ‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर समाजले उत्तरदायी र सबल समाज, सदस्यको हकहित र सुरक्षा, सङ्गठनात्मक सुदृढीकरण तथा संस्थागत विकासका लागि लागिपरेको जानकारी दिनुभयो ।

समाजका महासचिव डा प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठलगायतले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सुडी समुदायको अधिकार संरक्षणका लागि समाज क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा नेकपा (माओवदी केन्द्र), विज्ञान प्रविधि विभागका प्रमुखसमेत रहनुभएका पूर्वमन्त्री साहलाई सम्मान गरिएको थियो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »