कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु

गलेश्वर (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल अर्थात् दोभानमा रहेको ‘बेनीघाट’मा कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणको काम सुरु गरेको छ । बेनी नगरपालिकाले कालीगण्डकी नदीको स्वच्छता, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत दृष्टिगत गरी रु ५३ लाख पाँच हजार २०० को ठेक्का आह्वान गरी पूर्वाधार निर्माणका काम सुरु गरेको हो । एस.के कन्स्ट्रक्सन बेनीले स्थानीय नगरपालिकासँग सम्झौता गरी कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल ‘बेनीघाट’मा अहिले धमाधम काम गरिरहेको छ । सम्झौताअनुसार २०८२ साल वैशाख १७ गतेदेखि काम सुरु भएको सो योजना आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालित यो पहिलो योजनाको सुरुमा अन्त्येष्टि गर्ने घाटलाई काठमाडौँ, पशुपतिस्थित आर्यघाटको ढाँचामा निर्माण गरी व्यवस्थित गरिने भएको छ । सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुङ्गाको जग राखिनेछ । यसरी जग तयार भएपछि आर्यघाटमा जस्तै सिँढी निर्माण गरी शव राख्ने तथा जलाउने ठाउँ बनाइने नगरपालिकाले स्पष्ट गरेको छ । सनातन धर्म, संस्कृति र वातावरणलाई समेत ध्यान दिँदै आर्यघाटको ढाँचा र शैलीमा पूर्वाधार निर्माण गरी बेनिघाटलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाइने बेनी नगरपालिकाले स्पष्ट गरेको छ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »