वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेला उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “भावनामा बग्न जरूरी छैन । वार्ताबाट समाधान निस्कन्छ । समस्याको समाधान निकाल्ने प्रयास भइरहेको छ । समस्या तपाईं हामी मिलेर छलफल गरेर समाधान गर्ने हो ।

सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।” व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासङ्घको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, मन्त्रालयका प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »