पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) : अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधान ठप्प भएका छन् । कोरिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्न सवारी साधान ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनुपरेको छ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »