पर्यटनमा युवा सहभागिता सुनिश्चित गर्न नयाँ सञ्जाल, नेतृत्वमा अनुप सुबेदी

काठमाडौं : नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले देशको पर्यटन प्रवर्द्धनमा युवा सहभागिता सुनिश्चित गर्नका लागि युवा पर्यटन सञ्जाल गठन गरेको छ। सञ्जालको गठन परिषद्को युवा सञ्जाल गठन तथा परिचालन कार्यविधि २०७६ को परिच्छेद ३, दफा ५ बमोजिम गरिएको हो।

सञ्जालको केन्द्रीय संयोजक (अध्यक्ष)का रूपमा बागमती प्रदेश, ललितपुरका अनुभवी पर्वतारोही अनुप सुबेदी चयन भएका छन्। सुबेदीले नेपालसहित विदेशका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्।

वरिष्ठ उपाध्यक्षमा थुप्रैपटक सगरमाथा आरोहण गरेका र पर्यटन क्षेत्रमा सक्रिय दावा फिन्जो भोटे चयन भएका छन्। सचिवमा कर्णाली प्रदेश, सुर्खेतकी बिनिता बोगटी र सह–सचिवमा हुम्लाका धार्मिक पर्यटन क्षेत्रमा क्रियाशील भानुभक्त चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी भने श्रृष्टि तामाङलाई दिइएको छ।

सञ्जालमा सतिश खत्री, रुपक शिलवाल, रमित मल्ल, राजकुमार शाही, दिनेश श्रेष्ठ, अजय यादव, महेश जैशी, र हरि शर्मा न्यौपानेसहित कुल १५ जना सदस्य चयन भएका छन्।

युवा पर्यटन सञ्जालको उद्देश्य नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउनु रहेको छ। परिषद्ले सञ्जालको माध्यमबाट विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने जनाएको छ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »