शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूका विषयमा झुक्याउन नहुने बताएका छन् । आइतबार शिक्षा समिति बैठकमा बोल्दै पौडेलले शिक्षकहरूसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए ।

शिक्षकहरूसँग सहमति गर्ने तर, विधेयकमा अर्को विषय आएको भन्दै पौडेलले हुनै नसक्ने कुरा राखेर शिक्षकहरूलाई झुक्याउन नहुने बताएका उनको भनाइ छ ।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।

‘चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।

निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधान अनुसार शैक्षिक गुठीमा लैजानुपर्ने बताए । संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको भन्दै त्यही अनुसार निजीलाई निश्चित समय दिएर अघि बढ्न सकिने उनले बताए । कार्यकारी र विधायिकी बसेर शिक्षक महासङ्घसँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेस गर्नुपर्ने उनको भनाइ छ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »