लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौँ : प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिन्धुली गोलञ्जोर गाउँपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँ टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २५ वर्षीय विजय आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कामाडौँको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले बल्खुस्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषधको कारोबारमा संलग्न भएका पत्ता लागेपछि निजहरूलाई पक्राउ गरिएको हो ।” प्रहरीले पक्राउ परेकाहरूका साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद रु १९ हजार ५०० र विभिन्न कम्पनीका छवटा मोबाइल बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »