बागमती प्रदेश खेलकुद परिषदद्वारा २ करोड १६ लाखको सामग्री सोझै खरिद

हेटौंडा, १२ जेठ । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद् हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठूलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा माथिको रकममा काम गर्दा ठेक्कामार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोडभन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइसम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

यसैगरी, महालेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »