भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ: सांसद पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवामाथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए।

उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भइहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आइरहेको छ। यो कुनै सामान्य भ्रष्ट्रचारको घटना मात्र होइन्। यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरूमाथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो।’ यस्तै, उनले अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए।

उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिँदैन। अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो।’

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »