शेखर कोइरालालाई कारबाही गरेर देखाउन चुनौती

विराटनगर । शनिबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका थिए ।  यस्तै कांग्रेस सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए । कोइरालासहितका नेताले गृहमन्त्रीको राजीनामाको पक्षमा धारणा राखेपछि सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सो विषयमा छलफल भएको थियो । छलफलमा गृहमन्त्रीको राजीनामा माग्ने कोइराला, शर्मा र बजगाईलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठेको थियो । सो विषय भाइरल बनेपछि शेखर पक्षका कांग्रेस नेता तथा कार्यकर्ता भने रुष्ट बनेका छन् ।

स्वयम् कोइरालाले पनि कांग्रेसमा आफ्नो विषयमा भएको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘नीतिगत भ्रष्टाचारको नाममा सचिव र सचिवभन्दा तलका मानिसहरू फस्दै गइरहेका छन् । आफ्नो मानिस भयो भने नेताहरू मिलेर जोगाइदिने, कसैको मानिस होइन भने फसाइदिने अवस्था छ । यसले हामी कस्तो देश बनाउन खोज्दैछौं ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’

कोइरालाले यस्तै अवस्थालाई कांग्रेसले बेलैमा नसमाल्ने हो भने पार्टी अझै डुब्दै जाने उनले चेतावनी पनि दिए । ‘मैले त हिजो सोचेको थिएँ । कांग्रेस पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी ओलीजीले १५ गतेको राजावादीको आन्दोलनमा काठमाडौँलाई एमालेकरण गर भनेर भनेको विषयमा छलफल होला, तर, मेरो बारेमा छलफल भएछ । मलाई खुसी लाग्यो । हामी कहाँ पुगिसकेका रहेछौँ ? हाम्रो नैतिकता कहाँ पुगिसकेको छ ? हाम्रो संस्कार कहाँ पुगिसकेको छ ?,’ कोइरालाले भने, ‘अझै पनि हाम्रा नेतृत्वले बुझ्न सक्नु भएन भने हामी अझै डुब्दै जान्छौं । समाल्नुहोस् । नेतृत्व जसले गरिरहनु भएको छ उहाँहरूले समाल्नुहोस् । हामीले त सम्झाउने हो ।’

कार्यक्रममा कांग्रेस निकट नेपाल महिला संघ मोरङकी अध्यक्ष तथा पूर्व सांसद शान्ता पौडेलले डाक्टर शेखर कोइरालालाई कारबाही गरेर देखाउन चुनौती दिइन् । ‘कांग्रेस पदाधिकारीको बैठकबाट जुन निर्णय गरेर सुनाउनु भयो । त्यो लज्जास्पद निर्णय भएको हामीले महसुस गरेका छौँ । डाक्टर सा’वलाई कारबाही गरेर देखाउनु होस् म चेतावनी दिन चाहन्छु,’ उनले भनिन्, ‘सरकारले आतङ्क मच्चाएको छ । यस्तो सरकारमा कांग्रेस पनि छ भन्नु लाजमर्दो भइसकेको छ । स्वास्थ्य, शिक्षा क्षेत्र कहाँ पुग्यो ? भ्रष्टाचारको मुद्दामा आफ्नै गृहमन्त्री फसेका छन् । उनलाई राजीनामा दिँदा राम्रो हुन्छ भनेर भन्दा कारबाहीको कुरा हुन्छ भने राजनीति कतातिर जाँदैछ ? विचार गर्नुपर्छ ।’

नेपाली कांग्रेस मोरङका कार्यबहाक सभापति भक्तिप्रसाद माझीले पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कोइरालाको भनाइमा सहमति व्यक्त गरे । ‘गृहमन्त्रीलाई त्यस्तो आरोप लाग्छ भने त्यसको छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्छ । यो आम जनतालाई पनि लागेको कुरा हो । त्यो भन्दा पार्टीले त्यसलाई अन्यथा लिएको जस्तो देखियो । कठोर निर्णय गर्न खोजेजस्तो, निरङ्कुशतातिर पार्टीलाई लैजान खोजेजस्तो देखियो,’ माझीले भने, ‘बरु सत्य कुरा बोल्न सक्ने शेखर कोइरालाबाट हामी काँग्रेसका तमाम कार्यकर्ताहरु खुसी हुनुपर्छ र गर्व गर्न सक्नुपर्छ ।’ ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले कसैले बोल्दैमा कारबाही गर्न खोज्नु प्रजातन्त्र विरोधी हुने बताए । ‘पार्टीभित्र हामीले वाक स्वतन्त्रता पनि पाएनौँ भने त्यसले कसरी प्रजातन्त्र ल्याउन सक्छ ?,’ उनले भने, ‘बाहिर बाहिर प्रजातन्त्रको कुरा गरेर मात्रै कसरी प्रजातन्त्र बच्छ । व्यवहारमै प्रजातान्त्रिक हुनुपर्छ । बोल्न पाउनु पर्छ ।’

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »