बुटवलमा महिलासहित दुईबालिकाको वीभत्स हत्या

लुम्बिनी : बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमान ढकालको हत्या भएको हो । प्रहरीले हत्या अभियोगमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

तीनैजनाको घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानैका समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन् । सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए ।

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »