श्रेणीविहीन कर्मचारीलाई निषेध गर्ने निजामती ऐन स्वीकार्य छैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेणीविहीन कर्मचारीलाई निषेध गर्ने निजामती ऐन स्वीकार्य नभएको जनाएका छन् । उनले श्रेणीविहीन कर्मचारीलाई स्थायी गर्नका लागि विज्ञापन गर्नुपर्ने सुझाव समेत दिएका छन् । श्रेणीविहीन कर्मचारीको बारेका केही उल्लेख नगरी निजामती ऐन सरकारले ल्याएपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गर्दै कर्मचारी–कर्मचारी बिचमा विभेद गराउने निजामती ऐन फिर्ता गर्नुपर्ने बताए ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले गरिब श्रमजीवी विरोधी निजामती ऐन फिर्ता गर्नुको विकल्प नभएको जनाएका छन् । ‘सरकारी कार्यालयको तल्लो तहमा काम गर्ने कार्यालय सहयोगी, सवारी चालक, माली, स्वीपर, गार्ड, हल्कारालगायतका श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति रोक्नेगरी आएको संघीय निजामती ऐन कुनै पनि हिसाबले सही छैन,’ आजपा अध्यक्ष साहले भनेका छन् ।

सरकारले नै सरकारी सेवामा कर्मचारी–कर्मचारीका बिचमा विभेद गर्ने गर्ने निजामती ऐन ल्याएको आरोप उनले लगाए । उनले श्रेणिविहीन कर्मचारीलाई विज्ञापन गरी अन्य कर्मचारी जस्तै स्थायी गर्नुपर्ने र अरु कर्मचारी जस्तै सेवा सुविधा दिनुपर्ने माग समेत गरेका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »