अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि

कास्की। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मनाउन लागिएको हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि सुरु हुने भएका छन् ।  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा यस वर्ष अन्नपूर्ण (नर्थ) को आधार शिविरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउन लागिएको हो ।

बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले कार्यक्रमअन्तर्गत आजदेखि जेठ १९ सम्म गरिने पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने जानकारी दिए । फ्रान्सेलीसहित ५५ सदस्यीय टोली आजदेखि पदयात्रामा सहभागी हुने उनले बताए ।

अन्नपूर्ण प्रथमका पहिलो आरोही मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनको परिवारका सदस्यसहितको १४ सदस्यीय टोली शुक्रबार नै पोखरा आइसकेको छ । उनीहरूलाई शुक्रबार पोखरामा भव्य स्वागतसहित यहाँका पर्यटकीय स्थल अवलोकन गराइएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । फ्रान्सेली टोलीले सांस्कृतिक प्रस्तुतिसमेत देखाएको उनले बताए ।

कार्यक्रमअन्तर्गत आधार शिविरबाट ३० किलोमिटर दुरीको म्याराथन दौडसमेत आयोजना गरिएको छ । जेठ १९ गते आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ । यस्तै, आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरिएको छ । उक्त पदमार्ग र सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मी) को सफल आरोहण गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए । नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमालसमेत भन्ने गरिएको छ । त्यसपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिएको थियो ।

पहिलो पटक आरोहण भएको हिमालको आधार शिविरमा नै पुगेर गरिने कार्यक्रमले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताए । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू प्रभावित बन्दै गएका अवस्थामा मनाउन लागिएको हिरक महोत्सवले विशेष महत्त्व राख्ने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् । विश्वमा नै आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरमा हुने यस कार्यक्रमले हिमाली पर्यटनलाई विश्वव्यापी बनाउन थप योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । 

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »