महिलालाई आत्मनिर्भर बनाउन एकमहिने हस्तकला सीप

राँझा (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सीप सिकाएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम प्रदान गरेको हो । तालिम प्रशिक्षक राप्ती सोनारी–४ बैजापुरकी कल्पना थारुले थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्ले सीप सिकाइएको बताउनुभयो । सीपले गाउँघरमा खेर गएका कच्चापदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय उमा थारुको भनाइ छ।

उत्पादन गरिएका सामान बिक्रीवितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने हुनेपछि आफूले सीप सिकिरहेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले हाल ६० महिलाले मकैको पोस्कर, खोस्टा तथा थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताउनुभयो । सीप सिकेपछि महिलाले बनाउने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँले बजारीकरण गर्नेगरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । पालिकाका नौवटै वडामा तयार भएका सामग्री सङ्कलन गरेर बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले लक्षित वर्गलाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो ।

“अन्तरराष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैको पोस्कर र थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसले एकातिर आयआर्जनमा टेवा पु¥याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू विदेश निर्यात हुँदा गाउँपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।” तालिममा लक्षित वर्गअन्तर्गत कुमाल, वादी, खुना, मुक्तकमैया, मुक्त कम्लरी, द्वन्द्वपीडित, एकल महिलालगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उपाध्यक्ष थारुले जानकारी दिनुभयो । गाउँपालिकाका नौवटै वडालाई लक्षित गरेर चार ठाउँमा तालिम भइरहेको छ । वडा नं १ को कुसुम, वडा नं २, ८ र ९ का लागि वडा नं ८ को वडा कार्यालयमा, वडा नं ३, ४ र ५ लाई लक्षित गरेर वडा नंं ४ को कार्यालयमा र वडा नं ६ र ७ लाई लक्षित गरेर अपाङ्गता पुनस्र्थापना केन्द्र फत्तेपुरमा तालिम सञ्चालन भइरहेको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »