बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

गलकोट । बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।  बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्रै विद्यालय हो । शारिरिक अपाङ्गता भएका, बौद्धिक र सुस्त श्रवण क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने गरी विसं २०४३ मा स्थापना भएको विद्यालयमा अहिले बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययनरत छन् । बहिरा विद्यार्थीलाई रामरेखा बहिरा आवासीय विद्यालय र शारिरिक अपाङ्गता भएका विद्यार्थीलाई रामरेखा आधारभूत विद्यालयमा अध्ययनको व्यवस्था मिलाएपछि यस सामुदायिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययन गराउन थालिएको विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीले जानकारी दिए । बौद्धिक अपाङ्गता भएका कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेको राजभण्डारीको भनाइ छ ।

‘बौद्धिक रुपमा अपाङ्गता भएका बालबालिका परिवारमा अपहेलनामा परेका हुन्छन्, उनीहरुलाई हुर्काउने, पालनपोषण गर्ने र सामान्य शिक्षा दिने काम यस सामुदायिक विद्यालयले गर्छ’, राजभण्डारीले भने, ‘विसं २०५३ मा आफ्नै विद्यालय भवन र विसं २०६६ मा ‘होस्टेल’ निर्माण गरिएको थियो, अहिले आवासीय रुपमा २२ विद्यार्थी बस्दै आएका छन् भने १३ जना विद्यार्थी घरबाटै विद्यालय आउने जाने गरेका छन्, उनीहरुलाई एकदेखि ५ कक्षासम्मको शिक्षा दिइन्छ ।’ उनले विद्यालयले नै अभिभावको जिम्मेवारी निभाउन निकै कठिन रहेको र विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगले आवासीय विद्यार्थीलाई खान, बस्न र लत्ता कपडाको जोहो भइरहेको छ । विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी कार्यरत रहेका छन् । विसं २०४३ मा स्थापना भएको विद्यालयमा विसं २०५३ मा विर्टिस वेलफेयरले विद्यालयको भवन निर्माण गरेको थियो भने विसं २०६६ मा प्लान नेपालले होस्टेल निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जानकारी दिए । यस विद्यालयमा चार वर्षदेखि १८ वर्षसम्मका बौद्धिक अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

श्रेष्ठका अनुसार विद्यालयमा विभिन्न सामाजिक सङ्घसंस्था तथा पुण्य तिथि, जन्म दिन र शुभकार्यको अवसरमा खाद्यान्न, लत्ताकपडा सहयोग प्राप्त भइरहेको बताए । ‘विद्यालयमा अझै भौतिक पूर्वाधारको अभाव छ, बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समाल्नै समस्या हुन्छ, अभिभावकले विद्यालयलाई जिम्मा लगाउछन्, केही अभिभावकले दसैँ र तिहार बिदामा आफ्ना छोराछोरी घर लैजान मान्दैनन्’, श्रेष्ठले भने, ‘उनीहरुको खानपान, लत्ता कपडादेखि सरसफाइसम्मको काम विद्यालय कर्मचारीले नै गर्दा निकै समस्या छ, हामीले सेवाको भावले काम गरिरहेका छौं, गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय छैन, हामीहरु बौद्धिक अपाङ्ग बाहेकका अन्य विद्यार्थीलाई अध्यापन गराउदैनौँ ।’ बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय उपल्लचौरमा अध्यापन गराइँदै आइएको छ भने देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्यापन गराइँदै आइएको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »