मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

मुस्ताङ : मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको बताउनुभयो । यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ । समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो ।

एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाइ छ । क्यामेरामा वन्यजन्तुको श्रव्य दृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्तले बनाउनुभयो । एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिनुभयो । सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको वन रेञ्जर ओलीको भनाइ छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उहाँले बताउनुभयो । एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलवा आहार प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेरा ट्यापिङमार्फत अध्ययन गर्ने जनाएको छ ।

“हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको छकी छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ”, वन रेञ्जर ओलीले भने । क्यामेरा ट्यापिङमार्फत आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले उल्लेख गर्नुभयो । यसका साथै हिउँ चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाइने वन रेञ्जर ओलीको भनाइ छ । एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौँ क्यामेरा राखेर ट्यापिङ गरेको थियो । तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाइ छ ।

एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई सर्वेक्षण गर्न राखिएका क्यामेराको माध्यमबाट मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा योगदान पु¥याउने एक्यापको भनाई छ । जिल्लाका उच्चलेंक तथा पाटनमा यार्सा टिप्ने सिजन सुरु भएकाले उच्चलेंक तथा पाटनमा हुने अवान्छित गतिविधिलाई क्यामेरा ट्यापिङले ठूलो सघाउँ पु¥याउने जनाइएको छ । एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणका लागि एक्याप वन रेञ्जर ओलीलगायत अन्य एक्यापका कर्मचारीहरु कार्यस्थलमा खटिएका छन् ।

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »