संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्‍यो : डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूआत गर्नुपर्ने बताएका छन्।

उनले भने, “वर्तमान सरकार बन्दाखेरी नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरू गर्नुपर्‍यो । समिति बनाउनुपर्‍यो । समय जति लागे पनि सुरूआत त गर्नुपर्‍यो नी ।

नेता कोइरालाले सेयर राइडिङ प्रकरणका सम्बन्धमा केन्द्रले संविधानबमोजिम प्रदेशको अधिकार खुम्च्यिाउन खोजेको टिप्पणी गर्दै भने, “प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ? यसरी केन्द्रले हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन ? यसमा सबैले बुझ्न जरूरी छ ।”

संसद्मा पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसद्मा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । “संसद्ले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकास दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ”, नेता डा कोइरालाले भने ।

उनले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »