सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।

मंगलबार बसेको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुम्बु ओलीले प्राविधिक व्यवस्थाको नाममा महिलालाई संयोजक बन्नबाट वञ्चित गर्न नहुने बताइन्।

उनले समितिमा पाँच जना महिला सदस्य रहेको उल्लेख गर्दै संयोजकमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। प्राविधिक व्यवस्थाले समान अवसरमा बाधा पु¥याउने हो भने त्यस्तो व्यवस्था नै सच्याउनुपर्ने उनको भनाइ थियो।

सांसद ओलीले महिलालाई संयोजक बनाउन समस्या भए खुला मतदान गरेर निर्णय गर्नसमेत प्रस्ताव गरिन्। उनले महिला अधिकार र समान अवसरको पक्षमा सार्वजनिक रूपमा बोल्ने तर निर्णय गर्ने बेला प्राविधिक कारण देखाएर महिलालाई नेतृत्वबाट बाहिर राख्ने प्रवृत्ति स्वीकार्य नहुने बताइन्।

उनले भनिन्,‘प्राविधिक व्यवस्थाकै कारण महिलाले समान अवसर नपाउने अवस्था छ भने त्यो व्यवस्था नै सच्याउनुपर्छ। त्यसको आडमा हुने विभेद स्वीकार्य हुँदैन । अगाडि समानता र महिला अधिकारको कुरा गर्ने, तर निर्णय गर्ने बेला प्राविधिक कारण देखाएर महिलालाई संयोजक स्वीकार नगर्ने हो भने यहाँ खुला मतदान गरौँ ।’

उनले उपसमितिको संयोजक पद स्थायी नभएकाले सुरुमा महिलालाई अवसर दिन र त्यसपछि पालैपालो नेतृत्व गर्ने व्यवस्था गर्न आग्रह गरिन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश पराजुलीले समितिले प्राविधिक विषयमै लामो समय खर्च गर्दा जनसरोकारका महत्वपूर्ण विषय ओझेलमा परेको बताए।

उनले केही दिनअघि त्रिभुवन विश्वविद्यालयका करिब ४८० करार शिक्षक तथा सहायकहरूले आफूहरूलाई भेटेर गुनासो राखेको उल्लेख गर्दै महालेखा परीक्षकले उनीहरूले पाएको तलबलाई बेरुजु देखाएको विषय उठाए।

श्रम गरेर तलब लिएका कर्मचारीबाट रकम असुल गर्ने कि सम्बन्धित संस्थाबाट जिम्मेवारी बहन गराउने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको भन्दै सांसद पराजुलीले यस्ता मुद्दामा समितिले न्यायोचित ढंगले काम गर्नुपर्ने धारणा राखे।

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »