काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ५८५ मा कारोबार भएको थियो ।









