काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा आयात गरिएको १६ वटा ल्याण्डरोभरमध्ये ६ वटा डिजेल सवारीलाई झुटो विवरण प्रयोग गरी हाइब्रिड भनेर छली गरेर प्रयोगमा ल्याइएको उनले बताएकी हुन् । जसमा प्रधानमन्त्री चुनावमा चढेको ल्याण्डरोभर पनि रहेको उनको भनाइ छ ।
डिजेल गाडीलाई पेट्रोल गाडी भनेर कर छलेर राज्यलाई एउटा गाडीमा करिब १ करोड नोक्शानी पुर्याइएको उनले उल्लेख गरिन् । यो कुरा अख्तियारको अनुसन्धानबाट पनि प्रमाणित भएको तर अहिलेसम्म अभियोजना नभएकोमा उनले आपत्ति जनाएकी छिन् ।










