माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भयो : राजेन्द्र पाण्डे

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध काभ्रेको पतञ्जलि जग्गा हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेकोमा राजनीतिक पूर्वाग्रह भएको हुन सक्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग यस विषयमा प्रतिक्रिया दिँदै उनले उक्त जग्गा खरिद बिक्रि प्रकरणमा नेपालले भ्रष्ट्राचार गरेको आफूलाई नलागेको पाण्डेले जिकिर गरे ।

‘यसमा हाम्रो दलका नेता तथा पार्टी अध्यक्षको यो जग्गा खरिद बिक्रि करणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएजस्तो मलाई लाग्दैन । यो किन भयो भन्ने कुरा तपाईँले मन र दिमागमा बनाइसक्नुभएको छ । यो बेला यो घटना जोडिनु, आउँदो २८ गते अख्तियार प्रमुख लगायतका म्याद सकिने फैसला हुनु । यही छोटो अवधिमा के–के गर्नुपर्ने सबै भ्याउनु बाध्यता भएर नै यो सबै गर्दै हो जस्तो लाग्छ । मलाई लाग्छ यो राजनीतिक प्रतिशोध जस्तो लाग्छ’, पाण्डेले भने । पाण्डेले २०६६ सालमा भएको अख्तियारको निर्णय र मन्त्रिपरिषद्ले गरेको निर्णयसमेत पढेर सुनाएका थिए ।

पाण्डेले पढेको पत्रमा के छ ?

२०६९ साल ८ महिना २५  गते सफाइ दिएको छ । अख्तियार अनुसन्धान आयोगले गरेको निर्णय हो यो । निर्णयमा २०६६ साल माघ १८ गते मन्त्रिपरिषद्को निर्णयले जग्गा किन्न दिने निर्णय छ । २०६६ साल चैत ६ गतेको निर्णय जग्गा साटफेर गर्न पनि दिने निर्णय छ । त्यो नेपालको भूमिसम्बन्धी ऐनमा नै टेकेर निर्णय भएको छ । त्यतिबेला काभ्रेको नासिका गाउँ विकास समितिमा रहेको ३१३ सय रोपनी जमिन चार करोड २२ लाख ५० हजारमा बेच्न उसले स्वीकृति लियो । स्वीकृति लिनुभन्दा पहिले एक करोड ७७ लाख रुपैयाँ तिरेर मैले पैसा किनिसकेँ । अर्को जग्गा सट्टा भर्ना र अर्को जग्गा किन्न पनि मैले बैना दिइसकेँ ।

भूमिसम्बन्धी ऐन अनुसार ५ वर्षसम्म त्यस्तो सट्टा भर्ना जमिन किन्न पाउने व्यवस्था भएकाले मैले त्यो समयभित्र सबै किनिभ्याउँछु भनेर उसले भनेको छ । यसलाई आधार बनाएर हदबन्दी जग्गा खरिद गर्न नेपाल सरकारले नै छुट दिएको अवस्था देखिएको हुँदा यसमा थप केही गरिरहनुपर्दैन । ५ वर्षभित्र खरिद गरिसक्नु भन्ने नेपाल सरकारको निर्णय हुँदा यसको रेकर्ड राख्न र अनुगमन गर्न मालपोत कार्यालय काभ्रेलाई लेखिपठाई उजुरी फाइल तामेलीमा राख्ने ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »