तिलिङगाटार माध्यमिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न

टोखा, काठमाडौं । सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक विशेष चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल सोलुसन प्रा. लि. को आयोजनामा, बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडा तथा टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो।

कार्यक्रममा करिब ४०० जना बिद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिद्यार्थीहरूलाई प्रेरणा दिने उद्देश्यले नेपाली चलचित्र ‘अन्जिला’ र ‘सतिदेवी’ प्रदर्शन गरिएको थियो। चलचित्र प्रदर्शनपछि त्यसबारे छलफल र मन्तव्य आदान–प्रदान पनि गरिएको थियो।

कार्यक्रमको अध्यक्षता राजकुमार सिलवालले गर्नुभएको थियो। उहाँले चलचित्र जस्तो सशक्त माध्यमले युवापुस्तालाई मार्गदर्शन गर्न सक्ने भन्दै यस्तो कार्यक्रमले बिद्यार्थीको सोच र सिर्जनशील क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो शिक्षाको माध्यम पनि हो।”

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले चलचित्र मार्फत शिक्षाको प्रवर्द्धन गर्नु अहिलेको समयमा निकै सान्दर्भिक रहेको उल्लेख गर्दै भन्नुभयो, “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।”

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, सेन्सर बोर्डका सदस्य कुबेर गिरी, र चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको विशेष क्षणमा सेन्सर बोर्ड सदस्य कुबेर गिरीलाई नगरप्रमुख प्रकाश अधिकारीले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बधाई पत्र प्रदान गर्नुभयो।

कार्यक्रमले चलचित्रजस्ता सिर्जनात्मक माध्यमहरूको माध्यमबाट बिद्यार्थीहरूको सामाजिक र भावनात्मक चेतना अभिवृद्धि गर्न सकिने स्पष्ट सन्देश दिएको छ। आयोजक संस्था चोया डिजिटल सोलुसन प्रा. लि. ले यस्ता कार्यक्रमलाई देशभर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

बिद्यार्थी, शिक्षक तथा अतिथिहरूले यस्तो कार्यक्रमले विद्यालयस्तरमै सृजनात्मक सिकाइको अवसर दिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »