इजरायलले बेरुतमाथि गर्‍यो हवाई आक्रमण

तेल अभिभ । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । आफूले हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर यी आक्रमणहरू गरेको  इजरायलले भनेको छ । आक्रमण बिहीबार राति भएको थियो । 

यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन थियो । यो आक्रमण अघि, मानिसहरूलाई यो क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो । बेरुतमा यो क्षेत्रलाई हिज्बुल्लाहको गढ मानिन्छ ।  उनीहरूले हिज्बुल्लाहको एउटा टोली पहिचान गरेका र यिनीहरूले जमिनमुनि हजारौं ड्रोन बनाउँदै रहेको पनि इजरायली रक्षा बलले दाबी गरेको छ। । 

इजरायल र हिज्बुल्लाह बीच विगत छ महिनादेखि युद्धविराम भएको समयमा यो आक्रमण भएको हो । लेबनानका प्रधानमन्त्री नवाफ सलामले यो आक्रमणको निन्दा गरेका छन् । ‘म यी आक्रमणहरूलाई हाम्रो देशको सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथि सुनियोजित आक्रमण ठान्छु, विशेष गरी चाडपर्व र पर्यटकीय मौसमको ठिक अगाडि ।’ उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको घोर उल्लङ्घन भनेका छन् । आक्रमण पवित्र धार्मिक पर्वको पूर्वसन्ध्यामा भएको उनले बताएका छन् ।  हिजबुल्लाहले ठूलो मात्रामा ड्रोन प्रयोग गरिरहेको र यो इजरायलमाथि आक्रमण गर्ने एक महत्त्वपूर्ण तरिका बनेको इजरायली सेनाले भनेको छ । यस बाहेक, इजरायली सेनाले यसलाई लेबनान र इजरायलबिचको सम्झौताको उल्लङ्घन भनेको छ । आक्रमणबारे हिजबुल्लाहबाट अहिलेसम्म कुनै बयान भने आएको छैन ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »