गण्डकीमा माओवादीले छाड्यो लेखा समिति

पोखरा ।  गण्डकी प्रदेश सभा अन्तर्गत सार्वजनिक लेखा समितिमा माओवादीले दावी छाडेको छ । संसदीय व्यवस्थामा लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउने परम्परालाई तोड्दै गण्डकीमा नयाँ समझदारी बनेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको गण्डकीमा माओवादी प्रमुख प्रतिपक्षी दल हो ।  तर लामो समय लेखा समितिमा दावी गरेको माओवादीले अन्तिममा दावी छोडेर सामाजिक विकास तथा कृषि समिति सम्हाल्ने भएको छ । गण्डकीमा हाल लेखा समितिमा एमालेका सुधीरकुमार पौडेल सभापति छन् ।

अहिले माओवादीले पाएको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा दमयन्ती रुचाल सर्वसम्मत निर्वाचित भएकी छिन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बनेको समझदारी अनुसार रुचाललाई सर्वसम्मत निर्वाचित गरिएको हो । यद्यपी अन्तिम घोषणा शुक्रबार औपचारिक रुपमा हुने सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । रुचालको प्रस्तावकमा कांग्रेसका महेश भट्टराई र समर्थकमा एमालेका लिलबहादुर थापा मगर छन् । कृषि समितिका सभापति फणिन्द्र देवकोटा मन्त्री भएपछि एक वर्षदेखि उक्त समिति नेतृत्वविहीन थियो ।

हालसम्म ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीले समिति सभापतिको कार्यभार सम्हाल्दै आएका थिए । सभापति चयन गर्न गण्डकी प्रदेश सभा नियमावली २०८० बाधक भएपछि ७ महिना लगाएर संशोधन गर्दै एक पटकका लागि एक महिनाभित्र सभापति चयन गर्न सकिने व्यवस्था गरिएको नियमावली गत चैत २६ मा संसद्बाट पारित भएको थियो ।

यसअघि सभापति रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो । संसोधित नियमावली वैशाख २५ मा प्रदेश राजपत्रमा प्रकाशन भएको र जेठ २५ भित्र सभापति चयन गर्नुपर्ने व्यवस्था गरेपछि संसदलाई दवाव सिर्जना भएको हो । प्रदेशसभाका ४ समितिमध्ये अर्थ तथा विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का सभापति छन् ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »