‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछाप, २४ जेठ । रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ ।

सरकारले पैसा दिँदा ठेकेदारले काम नगरेको पुलको निर्माण कार्य अहिले आएर ठेकेदारले काम गर्दा राज्यले पैसा दिन नसकेपछि लम्बिएको हो । पुल दुई वर्षमा काम सक्नेगरी २०७७ जेठ १ गते निर्माण सम्झौता भएको थियो ।

निर्माण सम्झौता भएको पाँच वर्ष बिते पनि पुल निर्माणको काम अधुरै छ । पछिल्लो समय सरकाले रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले पुल निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएर अड्काएर राखेको छ ।

पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता गरेका थिए । पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कामको हालसम्म नौ करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने प्राविधिक मूल्याङ्कन भएको छ । त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीको दाबी छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमार्फत निर्माण भएको पुल निर्माणको अन्तिम म्याद २०८१ माघ ३० गतेसम्म रहेको थियो । यो म्याद समाप्त भएको भएपनि निर्माणको काम सकिएको छैन । सरकाले कामको भुक्तानी नदिएको कारण निर्माण कार्य रोक्नु परेको कम्पनीको भनाइ छ ।

कुल १ सय २० मिटर लामो पुलमा तीनवटा स्पान रहेका छन् । अन्तिम स्पानको ढलान समेत सकिएको भएपनि पुलको घेराबारा र पुलसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम बाँकी छ ।

यो पुल बनेपछि मन्थलीबाट गैराथोक, सालु तथा साँघुटार हुँदै ओखलढुङ्गा जाने यात्रीको लागि छोटो बाटो हुनेछ । अहिले ती क्षेत्रमा जाने साधनहरू सुनारपानी घुमेर जाने गरेका छन् ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »