सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्नेछ ।

सडक सुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ । 

युवा तथा खेलकुद विकासमन्त्री एवम् सप्तरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए । उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारी साधन आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको बताए । 

मन्त्री चौधरीले पहाडबाट सिधैँ तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ । 

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु आठ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँले रु चार कारोड ४० लाख नौ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । वि.सं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर चन्द्रकान्त चौधरीले जानकारी दिए ।

उनले सडकमा पर्ने रूख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए । वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्य तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको हो । 

उनका अनुसार अहिले नयाँ ट्रयाक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल,गाविन र कच्ची नाला निर्माणको काम हुने छ ।  उनले भने- ‘हामी तीव्र गतिमा सडकको ट्रयाक खाल्ने काम गरी रहेका छौँ, मौसमले साथ दिए समयमै काम सकाउने छौँ ।’ 

नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुसी भएका छन् । कल्याणपुर बजारका सञ्जु चौधरीले भनिन, ‘ट्रयाक खोल्ने काम सकिए लगतै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्नेछौँ ।’

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »