वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री

काठमाडौँ : विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध अन्तरराष्ट्रिय विद्यालयमा अध्ययनरत विद्यार्थीले काम नलाग्ने प्लाष्टिकका बोत्तललगायत सामग्रीबाट नयाँ चीज बनाएर नमूना काम गरेका हुन् । स्वच्छ वातावरण बिना मानिस तथा अन्य जीवको अस्तित्व नै सङ्कटमा आउने विद्यालयमा अध्ययनरत छात्रा श्रीनिका लामा तामाङ बताउँछिन् । भर्खर सात वर्ष लागेकी श्रीनिकाको भविष्यमा चित्रकला क्षेत्रमा लाग्ने रुचि छ । उनी भन्छिन्, “स्वच्छ वातावरणका लागि हामीले दैनिक एउटा बिरुवा रोप्ने र प्लाष्टिक जथाभावी फाल्न हुँदैन ।” मानवीय कारणले जलवायु परिवर्तन भएको आफूले थाहा पाएको कक्षा ४ मा अध्ययनरत परिष्कृत पन्थ बताउँछन् ।

उनी बढ्दो सहरीकरण तथा प्लाष्टिकका समस्याले शहर कुरूप भएकोले चिन्तित देखिन्छन् । कक्षा ६ मा अध्ययनरत याङ्किला शेर्पाको भविष्यमा रक क्लाइम्विङ पेशा अवलम्बन गर्ने लक्ष्य छ । उनमा चट्टानी पर्वतारोहणको सोखसँगै वातावरणीय परिवर्तनले जीवको अस्तित्व समाप्त हुनेमा चिन्ता पनि छ । उनले सरकार तथा सरोकारवालाले बेवास्ता गर्दा वातावरण थप बिग्रेको छ । उनी भन्छिन्, “हामीलाई वातावरणीय कार्यक्रममा सहभागी गराएपछि जलचर तथा थलचर जोगाउन जानकारी मिलेको छ ।” कक्षा ८ मा अध्ययनरत श्रीकृष्ण महर्जन भने वायु प्रदूषण रोक्न विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने बताउँछन् । भविष्यमा उनको लक्ष्य भनेको विद्युतीय सवारी प्रवर्द्धन गर्ने हो । पछिल्लो समय विश्व तापमान वृद्धिले वायुमण्डलीय अवस्थितिमा परिवर्तन भइरहेको उनको बुझाइ छ । तापमान वृद्धिका कारणले समयमा पानी नपर्ने वा कतै पानी अधिक पर्ने र हिमालयमा हिउँ पग्लने अवस्था आएको उनी बताउँछन् ।

विद्यालयका विज्ञान विभागका विभागीय प्रमुख सुमन श्रेष्ठ विद्यालयमा हाजिरीजवाफ, वक्तृत्व कलालगायतका कार्यक्रम आयोजना नियमित रुपमा भइरहेको बताउनुहुन्छ । कक्षा ८ का विद्यार्थीहरूलाई ‘रिड्युस, रिसाइकल र रियुज’ परिकल्पनामा आफ्नो परिवारसँग मिलेर प्रोजेक्ट गर्न लगाएको उहाँले सुनाउनुभयो । सोहीअनुसार विद्यार्थीहरूले फोहर प्लाष्टिकबाट नयाँ विभिन्न सामग्री बनाएका हुन् । कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा छिरिङ डोल्कर शेर्पाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले प्रत्यक्ष पारेका प्रभाव र त्यसलाई रोक्न मानिसले कस्ता गतिविधि गर्ने भन्नेमा केन्द्रित भएर ‘क्लाइमेट एक्सन स्टाट्स विथ अस’ मा प्रस्तुति दिएका थिइन् । उनी भन्छिन्, ‘मेरो नारा भनेको ‘सी द माउन्टेन ।’ विद्यार्थीहरूलाई वातावरणमा बढी नै सहज तथा प्रयोगात्मक हिसाबले लाग्न प्रेरणा मिलोस् भनेर यस वर्षदेखि सप्ताहव्यापी कार्यक्रम राखिएको प्रधानाध्यापक हरि लामाले बताउनुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »