देशभरका युवा खेलाडी काठमाडौंमा भिड्दै, राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तीन दिन चल्ने

काठमाडौं । नेपाली युवा पुस्तामा बुद्धिचालको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘पहिलो राष्ट्रिय जुनियर (२० वर्ष मुनिका) बुद्धिचाल प्रतियोगिता – २०८२’ आगामी असार २९ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगिता बौद्धीनिकुञ्ज नगरपालिकाको नगर कार्यपालिकाको समन्वयमा नगर युवा परिषद्ले आयोजना गर्न लागेको हो। नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिता काठमाडौंको बुढानिलकण्ठस्थित  त्रिज्योति सेकेण्डरी   विद्यालयमा असार २९ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

एफआईडीई (FIDE) द्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको यो प्रतियोगिता (इभेन्ट कोड: 426022 / 426023) मा २० वर्षमुनिका करिब २०० जना केटा तथा केटी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता स्विस प्रणालीमा ९ चरणमा खेलिनेछ। यो प्रतियोगिता नेपाली नयाँ पुस्तामा बुद्धिचालको प्रचारप्रसार गर्नुका साथै नेपाल बुद्धिचाल महासंघको लक्ष्यअनुसार देशभर बुद्धिचालको विकासमा सहयोग पुगाउने विश्वास गरिएको छ। साथै, नयाँ प्रतिभाको पहिचान र तिनीहरूको मार्गदर्शन, खेल संस्कृतिको प्रवर्द्धन तथा युवाहरूको बौद्धिक क्षमता र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्य पनि प्रतियोगिताले राखेको छ।

प्रतियोगितामा सहभागी हुन माघ २०६१ पछि जन्मिएका सम्पूर्ण नेपाली खेलाडीहरू योग्य हुनेछन्। नेपाल बुद्धिचाल महासंघमा दर्ता भएका खेलाडीहरूका लागि प्रवेश शुल्क निःशुल्क रहनेछ। प्रतियोगिता अन्तर्गत U-8, U-10, U-12, U-14, U-16, र U-18 उमेर समूहमा केटा र केटी छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ भने प्रदेशस्तरको प्रवेश शुल्क १५०० रुपैयाँ तोकिएको छ। पुरस्कार राशिमा बुद्धिनिकुञ्ज नगरपालिकाको नियमानुसार २५% कर लागु हुनेछ।

प्रतियोगिता असार २९ गते बिहान १०:३० बजे उद्घाटन समारोहसहित सुरु हुनेछ भने सोही दिन तीन चरणका खेल सञ्चालन हुनेछन्। असार ३० मा थप चार चरण तथा असार ३१ गते दुई चरणसहित समापन समारोहको आयोजना गरिनेछ। आयोजक संस्थाले यस कार्यक्रमलाई नेपालको युवा बुद्धिचाल विकासको दिशामा एक महत्वपूर्ण मोडका रूपमा लिएको छ र यसबाट भविष्यमा देशको बौद्धिक खेल नेतृत्व तथा अनुशासनको सशक्त आधार तयार हुने अपेक्षा गरिएको छ।

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »