म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका छन् ।

पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धतामा पार्टी अहिले पनि अडिग रहेको बताए । भारत भ्रमणका क्रममा आफूलाई विशेष सम्मान दिइएको र त्यसपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बन्ने तयारी भइरहेको आशंका व्यक्त गरिरहेका विषयमा आफू जानकार रहेको भन्दै उनले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे ।

चुनावअघि हामीले गरेको कागज एकपटक पढिदिन अनुरोध गर्छु’, लामिछानेले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौं, स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन् ।’ उनले रास्वपाले जनतासँग बोलेर र लिखित रूपमा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै ती वाचाप्रति पार्टी प्रतिबद्ध रहेको बताए ।

‘हामीले गरेको वाचा; बोलेर गरेको वाचा र लेखेर गरेको वाचा प्रति अडिग छौं, रहिरहन्छौं’, उनले भने ।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »