दोलखामा गाडी दुर्घटना हुँदा २ महिलाको मृत्यु, १ घाइते

काठमाडौँ : दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एकजना घाइते भएका प्रहरीले जनाएको छ। शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा बा १६ च ७६५१ बोलेरो गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा स्थानीय ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

‘दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। उनको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक तिमल्सिनाले भने।

दुर्घटनामा गम्भीर घाइते भएका शेर्पाद्यलाई उपचारको लागि चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको इन्सपेक्टर तिमल्सिनाले बताए। कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट ६ जना यात्रु लिएर दोलखाकै झ्याँकुतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »