राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

काठमाडौं । राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई  पुनर्गठन गरिने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले बताए । ‘कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ,’ नेपालले भने, ‘समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’

गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए । थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप कतिपय राजावादी नेताहरुले लगाएका छन् । नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’ राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरुले ४ चैतमा ८६ वर्षीय सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा गरेका थिए । १५ चैतमा तीनकुनेमा गरेको पहिलो कार्यक्रम नै हिंसात्मक बनेको थियो । त्यसपछि मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै पुन: शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो । तर अहिले त्यो आन्दोलन निष्कृय छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »