आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । मादकपदार्थ सेवनको जाँच हुनथालेपछि सवारी चालकले लागुपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।”

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग अनुरोध गर्नुभयो । लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै उहाँले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागुऔषधसम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामर्लाइ अभियानका रुपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले लागुऔषधको दुरुपयोग हुनसक्ने सम्भावित स्थल विद्यालय तथा छात्रबासलाई सुक्ष्म ढङ्गबाट निगरानी गर्नुपर्ने, यसको कारोबारमा संलग्न पक्षलाई हदैसम्मको कारबाही गर्नुपर्ने, स्थानीय तहमासमेत लागुऔषधसम्बन्धी छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, लागुऔषधसम्बन्धी सडक नाटक, निबन्ध प्रतियोगितालगायत रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने, लागुपदार्थ प्रयोग गर्ने सवारी चालकलाई हदैसम्मको कारबाहीको व्यवस्था हुनुपर्ने, लागुऔषध दुरुपयोग तथा अवैध ओसापसारसम्बन्धी देशव्यापी रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, खुला सिमानामा हुनसक्ने ओसारपसारतर्फ सचेत हुनुपर्ने सुझाव दिनुभयो । लागुपदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष एक लाख ३४ हजार मानिसको ज्यान जाने गरेको औपचारिक तथ्याङ्क रहे पनि पाँच लाखभन्दा बढीको निधन हुने गरेको सो अवसरमा बताइयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »