कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै उनले कुनै एक प्रदेशलाई मात्रै फाइदा पुग्ने गरी भएको डाइभर्सनमा गण्डकीको समर्थन नरहने घोषणा रोष्ट्रमबाटै गरेका हुन् ।

‘सरकार प्रस्ट छ, यसबारे । गण्डकी प्रदेश सरकार कालीगण्डकीको पानी डाइभर्सन गरे लुम्बिनी प्रदेशलाई मात्रै उपयोग गर्ने भनेर आएको छ,’ उनले भने, ‘गण्डकी सरकार त्यसमा सहकार्य गर्न सक्दैन, सहयोग गर्न सक्दैन ।’

उनले आफू उत्तेजनामा नभई सुझबुझ ढंगबाट समस्या समाधानमा लाग्ने बताए । ‘म उत्तेजनामा आएर बोल्न चाहन्नँ । म पनि एउटा सरकार प्रमुख हो । एउटा सरकार संघीय सरकारले ल्याएको योजनामा कहाँनिर ट्याकल गर्नुपर्छ भन्ने प्रस्ट छौं,’ अघि भने, ‘तर उत्तेजनामा ल्याएर मात्रै यो समस्याको समाधान हुँदैन । सरकारको अडान प्रस्ट छ ।’

संघ सरकारले कालिगण्डकीको पानी पिपलडालीमा बाँध बाँधेर लुम्बिनी प्रदेशमा लैजाने तयारी गरेको छ । सोही अनुसार प्रारम्भिक चरणका काम सुरु भैसकेका छन् । पानी डाइभर्सन मार्फत विजुली र सिंचाई गर्ने सरकारी योजना छ । डाइभर्सनको कार्यालय समेत यसअघि नै बुटवलमा खुलिसकेको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »