रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

काठमाडौँ, २५ जेठः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताउनुभएको छ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताउनुभयो । अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पु¥याउने काम मन्त्रालयले गरिरहेको उहाँको भनाइ थियो । “यसअघि मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे कृषि अनुदानमा रु पाँच खर्ब एक अर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा रु ८७ अर्ब खर्च भएको रहेछ, त्यसपछिको अनुदान पनि कुनकुन विषयमा कसकसले कतिकति लगे तथ्याङ्क सङ्कलनको काम भइरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसअन्तर्गत वितरण भएको अनुदानको विवरण सार्वजनिक हुन्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।

परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दुई वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त रहेकामा हालै नियुक्त गरी पठाएको उहाँले बताउनुभयो । विषादी नियन्त्रणका लागि मन्त्रालयले सरोकार भएका निकायसँग छलफल गरी अघि बढेको उहाँले बैठकमा जानकारी गराउनुभयो । समितिका सभापति कमला पन्तले रासायनिक मलका बारेमा बेला बेलामा गुनासो आउने गरेकाले मन्त्रीसहित मन्त्रालयका अधिकारी बोलाएर छलफल गरिएको जानकारी गराउनुभयो । प्रदेश र स्थानीय सरकारलाई पनि रासायनिक मलसँग सम्बन्धित विषयमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरु कृष्णप्रसाद पौडेल, अञ्जान शाक्य, उर्मिला अर्याल, घनश्याम रिजाल, जीतजङ्ग बस्नेत, झक्कुप्रसाद सुवेदी, वामदेव गौतम, नारायणदत्त भट्ट, पूजा चौधरी, सावित्री मल्ललगायतले रासायनिक मल अभावमा देखिएको समस्या समाधान गर्नुपर्ने, उत्पादित कृषि सामग्रीको सहज बजार व्यवस्थापन हुनुपर्ने, प्रजातान्त्रिक समाजवाद कार्यान्वयन गराउनुपर्नेलगायत विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रासायनिक मल आयातमा खरिद कानुनका कारण ढिलाइ हुने गरेकाले त्यसको संशोधन प्रक्रिया अघि बढेको उल्लेख गर्दै कार्यविधि संशोधन अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । सङ्घीय सरकारबाट रासायनिक मल आयातमा समस्या नभई डिपोसम्म सहजरुपमा पुगेको र डिपोबाट वितरणको जिम्मा प्रदेश एवं स्थानीय सरकारबाट हुने गरेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले रासायनिक मल आयातका लागि अनुदान बजेट अभाव भएको बताउनुभयो । रासायनिक मल पाउने किसान को हो भन्ने सुनिश्चित गर्न वडालाई जिम्मा दिनुपर्ने उहाँको भनाइ थियो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »