“2nd मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल” को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

काठमाण्डौ, जेष्ठ २४ । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा “2nd मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल” को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा अनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केशी रहेका थिए।

प्रतियोगितामा मिस्टर जुनियर उपाधि प्रभाव राईले जित्दा, मिस जुनियर को उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।

स्पर्धामा सहभागी प्रतियोगीहरूले विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मुल्याङ्कन गरिएका थिए। आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले कार्यक्रमको सफल आयोजना गर्दै नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाइएको छ।

यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »