इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज

गाजापट्टी । इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको आफ्नो जहाज (योट) रोकेको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) नामक संस्थाका कार्यकर्ताहरूले बताएका छन् ।  मेडेलिन नामक जहाजसँग आफ्नो सम्पर्क टुटेको उनीहरूले बताएको भन्दै एफएफसीले टेलिग्राममा भनेको छ ।

एफएफसीले एउटा तस्बिर पनि साझा गरेको छ,जसमा केही मानिसहरू लाइफ ज्याकेट लगाएर हात उठाएर बसिरहेका छन् ।  यो कुरा अहिलेसम्म कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । अन्तर्राष्ट्रिय वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग पनि यस जहाजमा थिइन् । यो इजिप्टको तट नजिकै भएको विश्वास गरिन्छ । यसैबिच, इजरायलको विदेश मन्त्रालयले एक्समा एक भिडियो जारी गर्दै यस जहाजका यात्रुहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

सेल्फी योटमा रहेका सबै मानिसहरू सुरक्षित छन् र उनीहरूलाई कुनै हानी भएको छैन । उनीहरूलाई स्यान्डविच र पिउने पानी खान दिइएको बताइएको छ । उनीहरूको नौसेनाले जहाजलाई प्रतिबन्धित क्षेत्रतर्फ जाँदैछ भनेर चेतावनी दिएको यसअघि,इजरायली विदेश मन्त्रालयले भनेको थियो । हमाससम्म हतियार पुग्न नदिन गाजामा नाकाबन्दी आवश्यक रहेको इजरायलले बताउँदै आएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »