पोखरामा युवकको शव फेला, घटना रहस्यमय

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको छ । बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार  र शरीरमा चोट लागेको शव भेटिएको हो । घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

‘बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ । घटनास्थलमा हथौडा भेटिएको छ तर उसको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएन’,  डिएसपी बस्नेतले भने, ‘बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेका छौं तर अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।’ साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

बिहान ५ बजे प्रहरीले सडकमा मानिस मरेको अवस्थामा भेटिएको सूचना पुगेको थियो । साढे १/२ बजेसम्म मानिसहरु हिँड्दा नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचनापछि प्रहरी पुगेर हेर्दा घटना ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ । राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »