जलवायु अनुकूलन कार्यक्रम घोषणा र सङ्घीयता कार्यान्वयनमा सांसदको जोड

काठमाडौँ, २६ जेठ : राष्ट्रियसभा सांसदहरूले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव न्यूनीकरण गर्न जलवायु अनुकूलनका कार्यक्रम घोषणा, भ्रष्टाचार नियन्त्रण र सङ्घीयता कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष समयमा उहाँहरूले लोकतन्त्रवादी शक्तिहरूबीको एकतामा जोड दिँदै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लैजानुपर्नाका कारणबारे आमनागरिकलाई सुसूचित गराउनुपर्ने बताउनुभयो । सांसद गोपाल भट्टराईले लोकतन्त्रवादी शक्तिहरूले एकअर्काप्रति आरोप–प्रत्यारोप गरेर जनतालाई भ्रममा राख्ने प्रवृत्तिबाट पछि हट्नुपर्नेमा जोडदिनुभयो । “प्रतिगामीलाई परास्त गर्दै लोकतन्त्रलाई स्थापित गर्न परिवर्तनकारी दलहरू एक हुनुपर्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रले जनतालाई केही दिएन भन्ने सन्देश प्रवाह नगरौँ, उपलब्धिहरू जनतसमक्ष लैजाऔँ ।”

सांसद उर्मिला अर्यालले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरणका लागि विशेष योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । जलवायु परिवर्तनका कारण अनियमित वर्षा, कृषि उत्पादनमा प्रतिकूलतालगायत समस्या व्यहोर्नु परेको जनाउँदै उहाँले ती समस्यासँग जुध्न एकीकृत नीति लिनुपर्नेमा जोड दिनुभयो । सांसद युवराज शर्माले भ्रष्टाचारका घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिँदै राजनीतिको आडमा गरिने भ्रष्टाचार र अनियमितता स्वीकार्य नहुने बताउनुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले नक्कली भूटानी शरणार्थी, वाइडबडी, एनसेल, विद्युत् महसुललगायत ठूला भ्रष्टाचार र अनियमितताका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद मोहम्मद खालिदले जनसङ्ख्याको अनुपातका आधारमा बजेट विनियोजन नगरेर सरकारले मधेशमाथि अन्याय गरेको बताउनुभयो । सांसद नारायणदत्त भट्टले भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मायाप्रसाद शर्माले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित शिक्षा, निजामती, प्रहरी समायोजनलगायत महत्त्वपूर्ण ऐन निर्माणमा गम्भीरता देखाउन सरकार र दलहरूलाई आग्रह गर्नुभयो । सांसद सुमित्रा विसीले परिवर्तनकारी शक्तिहरूले नै व्यवस्था विरोधीलाई टेवा पुग्नेगरी अभिव्यक्ति दिनु आश्चर्यजनक भएको बताउनुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »