भेरीमा २७० मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिने

काठमाडौँ, २७ जेठ । जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबीचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि आज वन तथा वातावरण मन्त्रालयमा छलफल गरी राय सुझाव लिइएको छ । वातावरण संरक्षण ऐन, २०७६ ले तोकेको राय सुझाव समितिको बैठकमा मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले स्थानीय जैविक विविधता, स्थानीय तथा आदिवासी जनताको जीविकोपार्जनलाई कम असर गर्नेगरी प्रस्तावित आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा राय सुझाव समितिका सदस्य सचिव एवम् मन्त्रालयका उपसचिव रमेश बस्नेतले वातावरणीय अध्ययन प्रतिवेदन औपचारिक मात्र नभई आयोजनाको दिगो सञ्चालनका लागि तयार पारिने वैज्ञानिक एवम् कानुनी दस्तावेज भएको बताउनुभयो । उहाँले यस्ता दस्तावेज बनाउँदा प्रस्ताव सिफारिस गर्ने निकाय वा मन्त्रालयले यसको गुणस्तरलाई ख्याल गर्दै स्वीकृतका लागि लागि समयभित्रै वन मन्त्रालयमा पेस गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा भौतिक विज्ञ शिवराज अधिकारी, जैविक विज्ञ गोपालकुमार श्रेष्ठ, सामाजिक, आर्थिक र सांस्कृतिक विज्ञ राजनऋषि कँडेल र माछा विज्ञ सन्तोषी श्रेष्ठलगायत अन्य विषयगत निकायका प्रतिनिधीले प्रतिवेदन उपर राय सुझाव दिनुभएको थियो । उक्त आयोजनाको वातावरणीय अध्ययनको गरिरहेको एनआरएसीका कार्यकारी निर्देशक डा ज्योतीप्रसाद गजुरेलले आयोजना निर्माणका क्रममा २४.७५ हेक्टर जग्गाको प्रयोग हुने जानकारी दिनुभयो ।

उक्त आयोजना निर्माण गर्दा १५२ रुख काट्नुपर्ने आवश्यक देखिएको डा गजुरेलले बताउनुभयो । उहाँले छ घण्टासम्म पानी जम्मा गर्नेगरी निर्माण गर्न लागिएको उक्त आयोजनाको ३८ मीटर अग्लो बाँध निर्माण हुने बताउनुभयो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाउन लागिएको उक्त आयोजना रु ४६ अर्बमा लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको रुकुम पश्चिमको आठविसकोट गाउँपालिकास्थित ज्यामिरेमा पावरहाउस बन्नेछ भने सात किलोमिटरको टनेल बन्ने बताइएको छ । उक्त आयोजना स्थलमा पुग्नका लागि मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको छ । उक्त नदीमा तीनवटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने उल्लेख छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »