गोरखामा पेन्सन झिकेर फर्कने यात्रुबाट श्रृंखलाबद्ध चोरी, ३ जना पक्राउ

गोरखा । ७१ वर्षीय गिरिराज पन्त गत ८ फागुनमा पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन उनी सार्वजनिक यातायात चढे । करिब पाँच किलोमिटरको दुरी पार गर्न नपाउँदै उनको झोलाको एक लाख नगद चोरी भयो । यात्रुको भिडमा गण्डकी गाउँपालिका–२ निवासी उनले चोरी भएको पत्तै पाएनन् । गोरखा नगरपालिका–६ हरमटारीका ८२ वर्षीय गंगाबहादुर श्रेष्ठको पनि बस चढेकै बेला दुई लाख नगद चोरी भयो । ७ जेठमा पेन्सन बुझेर लक्ष्मीबजारबाट गोरखा बजार फर्कने क्रममा उनको झोलामा रहेको दुइ लाख रुपैया गायब भएको थियो । शहीद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरसँग पनि उस्तै घटना दोहोरियो । ११ जेठमा लक्ष्मीबजारबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनी चढेको बसभित्रैबाट उनको झोलामा रहेको नगद ५० हजार रुपैयाँ चोरी भयो ।

सार्वजनिक यातायातमै श्रृंखलाबद्ध रूपमा नगद चोरीका घटना हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गर्दै निगरानी बढायो । सीसी क्यामेरा फुटेजको सहारा लियो । विभिन्न प्रविधिको प्रयोग गर्‍यो । चोरी भएको क्षेत्र र बैंक आसपास सिभिलमा प्रहरी परिचालन गर्‍यो । पछिल्लो घटना भएको केही दिनपछि लक्ष्मीबजारबाट शंकास्पद दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । ‘केही दिन अघि उनीहरूलाई मास्कसहित हामीले लक्ष्मीबजार चोकमा देख्यौं,’ एसपी भरतबहादुर बिकले भने, ‘अघिल्लो घटनाको सीसीटीभी फुटेज हेर्दा अलि-अलि हुलिया मिल्ने भएकाले शंका लाग्यो अनि नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको खुल्न आयो ।’

चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका-४ घर भई हाल चितवन बस्ने ४९ वर्षीय दिपक परियार, ३५ वर्षीय आशिक भुजेल र ४३ वर्षीय दाननारायण श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । साथै दुई वटा मोबाइल पनि प्रहरीले उनीहरूको साथबाट बरामद गरेको छ । उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »