धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

भोजपुर । षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो । करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ ।

वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । “हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ” वडाध्यक्ष शेर्पाले भन्नुभयो,“यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ । भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो । वडाको धेरै मेहनत पश्चात यहाँ गुम्बा बनाउन सफल भएका छौँ ।” गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पा जानकारी दिनुभयो । भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताउनुभयो ।

वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उहाँको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताउनुभयो । “विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो” उहाँले भन्नुभयो,“गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो । अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ । गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।” नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवद्र्धनका लागिसमेत टेवा पुग्ने शेर्पाले बताउनुभबयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »