संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ । केहीबेरमा विपक्षी दलहरूको बैठक बस्नेछ । विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् । एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको बताउँछन् । माओवादीका नेताहरू सत्तापक्ष लचक भए संसद्को अवरोध खोल्ने बताउँछन् । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए÷नभएको अनुसन्धान गर्ने गरी सरकारले आवश्यक निकाय वा संयन्त्र बनाउने प्रतिवद्धता जनाउने गरी सहमतिको प्रयास जारी छ । यसमा कांग्रेस, एमालेसँगै माओवादी पनि सहमत रहेको एमाले नेताहरूको दाबी छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानेको छैन । रास्वपाले संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने अडान लिइरहेको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »