कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली)। कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ । बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ । गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको जोखिममा रहेका जनाउँदै टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेका कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताउनुभयो । विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वतरिकासहित आवश्यक सूचना प्रवाह भइरहेकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कैलालीस्थित कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको प्रमुख साहले बताउनुभयो । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी र धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी र भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्ने भएकाले सोही अनुसार पूर्वतयारी थालिएको उहाँको भनाइ छ । पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर र जानकी तथा ठूलीगाडले मोहन्याललाई प्रभावित गर्ने सम्भावना रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताउनुभयो ।

मनसुनजन्य विपद् आउनुपूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकार पनि मनसुनजन्य विपद् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको बताउँदै प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले उल्लेख गर्नुभयो । कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न र आवश्यक समन्वय गर्न सरोकार भएका सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालयका प्रमुख साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष तुलनात्मक रूपमा बढी डुबान हुनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताउनुभयो । बाढीले कृषिउपजमा बढी नोक्सान गर्नसक्ने भएकाले विपद्सम्बन्धी सूचना लिइरहन कृषक तथा सबै जनसमुदायलाई आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »