प्रभावकारी बन्दै ‘एक घर, एक धारा’ जडान अभियान

तनहुँ, ३१ जेठ । तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्‍याइएको छ ।” गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो । “समुदाय नै खानेपानीबाट वञ्चित हुनुपरेको छैन, लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ”, उहाँले भन्नुभयो, “थोरै घरपरिवारका लागि धेरै लगानी गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन् ।”

त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान रकम भुक्तानी गरेको छ । आव २०८०/२०८१ को जेठ महिनादेखि आव २०८१/८२ को पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो । यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्नेछ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »